जापानमा एक नेपालीको मृत्यु

जापानमा एक नेपालीको मृत्यु

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,४ मंसिर ।

रोजगारीका लागि जापान गएको गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ ।

तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका गएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा मृत्यु भएको हो ।

मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट– १ स्थित घरमै रहेको र पारिवारिक स्थिति कमजोर भएको भन्दै सहयोगका लागि जापानवासी नेपालीलाई ‘गुल्मेली समाज जापान’ले आग्रह गरेको छ ।

अध्यक्ष शालिकराम भण्डारीले शवको अन्त्यष्टि जापानवासी नेपालीको सहयोगमा ओता सहरकै हामाच्यो अस्पतालमा गरिने बताउनुभयो । मनग्य कमाउने आशामा रु १५ लाख खर्चेर ओशाकास्थित एक नेपाली होटलमा गएका भण्डारीले सम्झौताअनुसार तलब नपाएपछि उचित कमाइको आशामा एक वर्षअघि गुन्मा प्रान्तको ओता सहरमा सञ्चालित नेपालीकै होटल पानसमा छिरेका थिए ।

होटल सञ्चालक रवीन कुँवरका अनुसार दैनिकजसो काममा आउने भण्डारी बिहीबार बिहान अबेरसम्म नआएपछि टाउको दुखेको बताएका थिए । अपराह्न १२ बजेसम्म पनि सुधार नभएपछि उपचारार्थ स्थानीय अस्पताल लगिएको थियो । अस्पतालले उपचारकै क्रममा दिउँसो मृत घोषणा गरे पनि कारण भने परीक्षण रिपोर्ट नआएकाले स्पष्ट हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी