इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने

इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने भएको छ ।

निगम स्रोतका अनुसार शनिबार र आइतबार चीनमा बिदा हुने भएकाले आजको सट्टा भोलि जाने तयारी भएको हो । यसअघि आज चीन जाने तयारी भएको थियो ।

व्यापारिक सम्झौताबारे चीनसँग सोमबार मात्रै छलफल हुने भएकाले आज जाने कार्यक्रम रोकिएको निगम स्रोतले जनाएको छ ।

भोलि चीन जाने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे नेतृत्वको टोलीले व्यापारिक सम्झौता गरे लगत्तै तेलको आयात थाल्ने सरकारले जनाएको छ ।

टोलीमा नेपाल आयल निगमसहित परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने छन् ।भारतको अघोषित नाकाबन्दीपछि विकल्पमा सरकारले चीनबाट इन्धन ल्याउन लागेको हो ।

पेट्रो चाइनासँग इन्धन खरिदका विषयमा प्रारम्भिक सम्झौता भने भइसकेको छ । चीनबाट मुख्यगरी तातोपानी र केरुङ नाकाबाट इन्धन आयात गरिनेछ ।

गत वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । यो नाका सञ्चालन गर्ने बारे पनि तयारी भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ