काठमाडौं, ३ मंसिर ।
नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई १७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज बिहान सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पुगेर पत्रकारको स्वास्थ्य बीमा, दुर्घटना बीमा, लामो समय पत्रकारिता गरेकालाई भत्ता, रासस र गोरखापत्रलाई स्वायत्त बनाउनुपर्ने लगायतका १७ बुँदे माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको महासंघका महासचिव उजीर मगरले जानकारी दिनुभयो ।
जवाफमा मन्त्री राईले पत्रकारको लागि आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline