सत्तारुढ समर्थित कर्मचारीको अबरोधले राष्ट्र बैकको काम प्रभावित

सत्तारुढ समर्थित कर्मचारीको अबरोधले राष्ट्र बैकको काम प्रभावित

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,३ मंसिर ।

एमाले निकट कर्मचारी संघ विरोधमा उत्रिएपछि नेपाल राष्ट्र बैंकमा प्रशासनिक काम प्रभावित भएका छन् ।

तलब वृद्धि र अन्य सेवा सुविधा वृद्धि सहित ३७ वुँदे माग राखि आन्दोलनमा उत्रिएपछि बैकको प्रशासनीक काम कार्वाहि प्रभावित भएको छ ।

लामो समयदेखिको तराई आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकको अर्थव्यवस्था नै ठप्प बनाएका वेला कर्मचारीले भने सेवा सुविधा वृद्धिको माग गर्दै आएका छन् । उनिहरुले हिजो गर्भनर चिरन्जिवी नेपाललाई उहाँको कार्यकक्षमै १२ घण्टा थुनेका थिए । गर्भनरको कार्यकक्षमा नै धर्ना दिन थालेका छन् ।

केन्द्रीय वैंक संचालक समितिले भने संक्रमणकालिन अवस्थाले समग्र अर्थव्यवस्थामा नै प्रभाव परेकाले तत्काललाई कर्मचारीको तलव वृद्धि र अन्य सेवा सुविधा पुरा गर्न नसकिने बताउदै आएको छ ।
राष्ट्रवैंकका प्रवक्ता त्रिलोचन पंगेनीले नाकाबन्दीले समग्र अर्थव्यवस्था नै ठप्प रहेको अवस्थामा केन्द्रीय वैंक पनि त्यसबाट अलग नरहेकाले तत्काललाई कर्मचारीको माग सम्वोधन गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

गर्भनर चिरन्जिवी नेपालले नाकाबन्दी हट्ने वित्तिकै कर्मचारीको माग सम्वोधन गर्ने तयारी गर्नुभएको स्रोतले बताएको छ । आफ्नै पार्टीको सरकार भएका मौका छोपी आन्दोलन गर्नुलाई राष्ट्रवैंकका अन्य कर्मचारीले भने नसुहाउदो आन्दोलन भनि टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी