चुरे बिनाको मधेस मान्दैनौ : नेता भण्डारी

चुरे बिनाको मधेस मान्दैनौ : नेता भण्डारी

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बर्दिवास, ३ मङ्सिर ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले चुरेबिनाको मधेस कुनै हालतमा स्वीकार्न नसकिने बताउनु भएको छ ।

गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले भन्नुभयो , “हामीले चुरेबिनाको मधेस कल्पना नै गर्न सक्दैनाँै ,सरकार सीमाङ्कनका कुरामा बिरालोले मुसा खेलाए झँै आन्दोलनकारीलाई खेलाएर थकाउने रणनीतिमा देखिएको छ, यसले निकास दिँदैन ।”

मुख्य दलहरु सीमाङ्कनका कुरामा चाँडै स्पष्ट नहुने हो भने अब हुने आन्दोलनले सबै मुद्दा आरपार गर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।

उहाले आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने कुरा उठाई रहे पनि सरकार भने समस्या समाधानको कुरामा बेखबर रहेको आरोप लगाउनुभयो ।

संसद्को अहिलेको संरचनामा मधेस आन्दोलनलाई संविधान संशोधन गरेर समाधान गर्न आवश्यक पर्ने दुई तिहाइको सङ्ख्या नेपाली काँग्रेस वार्तामा नआएसम्म नपुग्ने भण्डारीको भनाइ थियो । पछिल्ला वार्ताबाट काँग्रेस उम्किन खोज्नुले अब निकासका लागि आन्दोलन मात्र विकल्प रहेको भण्डारीले औँल्याउनुभयो ।

मधेस आन्दोलनको चुरो कुरा नै सीमाङ्कनसँग जोडिएकाले सरकार समर्थित दल र काँग्रेस यसमा स्पष्ट हुनैपर्ने भण्डारीको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ