राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठन गरिने

राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठन गरिने

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ३ मङ्सिर ।

सञ्चार नीतिलाई समयसापेक्ष बनाउन राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठन गरिने भएको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधान अनुकूल स्वतन्त्रविज्ञ सहितको कार्यदल गठनको तयारि गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष बनाउन त्यस्तो कार्यदल गठनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया पनि चाँडै सुरु हुने छ ।

उहाँले सञ्चार सङ्ग्रहालय बनाई नेपाली सञ्चार क्षेत्रको इतिहास र अभिलेखलाई प्रवद्र्धन गरिने बताउँदै श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक समितिले गरेको सिफारिसको कार्यान्वयन र पत्रकार आचारसंहिताको कार्यान्वयनका विषयमा पनि आफूले मुलुकको आवश्यकतानुसार कार्यान्वयनका लागि पहल गरिने विश्वास दिलाउनुभयो । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विभिन्न १७ बुँदे ध्यानाकर्षण बुझाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी