मधेशी मोर्चाको बैठक बस्दै

मधेशी मोर्चाको बैठक बस्दै

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ३ मंसिर ।  

तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाको बैठक आज बस्दैछ । सरकारसँग हिजो भएको वार्ता निष्कर्षबिहिन भएपछि थप रणनिति बनाउन मोर्चाले बैठक बोलाइएको हो ।

सिंहदरबार स्थित संसदीय दलको कार्यलयमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा मोर्चाको आगामी रणनितिबारे छलफल हुने मोर्चा आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

संसदीय समिति वा राजनितिक उच्च समिति बनाएर सिमांकनको विवाद मिलाउने सत्तारुढ एमाले र एकिकृत नेकपा माओवादीको प्रस्तावलाई मोर्चाले अस्विकार गरेपछि निर्णयक हुने भनिएको हिजोको वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो ।

वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सहभागी थिएन । मोर्चाले गत कार्तिक १५ गते बुझाएको ११ बुँदे मागबारे संयुक्त धारणा बनाएर मात्रै वार्तामा बस्नका लागि तीन दललाई आग्रह गरिएको सुमनले बताउनुभयो ।

आजको बैठकमा बजार , राजमार्ग र नाकामा शान्तिपूर्ण तवरले आन्दोलन गर्ने विषयमा छलफल हुने मोर्चाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी