पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगजनी

पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगजनी

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ३ मंसिर ।  

रुपन्देहीमा गएराति इन्धन बोकेका एक ट्रिपरमा आगजनी भएको छ ।

रुपन्देहीको गोनाहा–७ पर्सहवामा बा ३ ख ६६ ८८ नम्बरको डिजेल र पेट्रोल बोकेको ट्रिपरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ट्रिपर डिजेल र पेट्रोलका ड्रम बोकेर भैरहवाबाट जगदम्वा सिमेन्ट फ्याक्ट्रीका लागि छुटेको थियो । आगजनी गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रुपन्देहीमा इन्धन बोकेका मोटरसाइकल तथा गाडीहरुमा आगजनी गर्ने क्रम बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ