काठमाण्डौ, २ मंसिर । सरकार र मधेसी मोर्चाबीच आज भएको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारमा सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच भएको वार्ता प्रदेशहरुको सीमांकनबारे पुनर्विचार गर्ने लगायतका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।
मधेसी मोर्चाका नेताहरुले भने आजको वार्तामा पनि सरकार विना तयारी प्रस्तुत भएको आरोप लगाएका छन् । वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारी टोली विना तयारी वार्तामा आएको भन्दै अब कांग्रेससहित वार्ता हुने बताउनु भयो ।
आज कांग्रेस सहभागी नभएका कारण पनि वार्ता ठोस ढंगले अघि बढ्न नसकेको उहाँको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline