भारतको नाकाबन्दी नेपालको जलस्रोत एकलौटी रुपमा उपयोग गर्न : पुन

भारतको नाकाबन्दी नेपालको जलस्रोत एकलौटी रुपमा उपयोग गर्न : पुन

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

धनगढी, २ मंसिर/ नेकपा–माओवादी (विप्लव)का सेती–महाकाली ईन्चार्ज ओम प्रकाश पुनले मधेश र थारु आन्दोलनकारीलाई भारतीय हष्तक्षेपको समर्थन नगर्न आग्रह गरेका छन् । उनले भारतले मधेश र थारुको पक्षमा नभई आप्mनो स्वार्थमा अघोषित नाकाबन्दी गरेको हुँदा उनीहरुलाई भारतको नाकाबन्दीको समर्थन नगर्न आग्रह गरेका हुन् ।
‘भारतले थारु र मधेशको अधिकारका लागि सीमामा नाकाबन्दी गरेको हाईन्’ बुधबार अनेरास्वीयू (क्रान्तिकारी) कैलालीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा ईन्चार्ज पुनले भने –‘उनीहरुको एजेण्डालाई समातेर नेपालमाथि हष्तक्षेप गर्न खोजेको हो ।’ भारतले संविधान जारी भए लगत्तै नेपालमा अघोषित रुपमा आर्थिक नाकाबन्दी गरेको थियो । ‘भारतले नाकाबन्दी गरेसँगै नेपाल सरकारलाई आप्mना केही एजेण्डाहरु पनि पे्रस विज्ञप्ती मार्फत पठाएको थियो’ ईन्चार्ज पुनले भने ‘भारतले पठाएका मागहरुमा मधेश र थारुको हितका लागि नभई भारतीय नागरिककै हितमा रहेको छ ।’
भारतले नेपाललाई हिन्दु राष्ट्र घोषणा, तराईलाई २ प्रदेशमा विभाजन गर्न, निर्वाचन क्षेत्र जनसंख्याको आधारमा तोक्न, भारतीय पुरुषले नेपाली महिलालाई विवाह गरे नेपाली नागरिकता प्रदान गर्न र अंगिकृत नागरिकता पाएकालाई कार्यपालिकाको पदमा राख्ने जस्ता माग राखेको थियो । उनले भने यी ५ वटै एजेण्डा भारतीय नागरिकको हितमा छ तर मधेश र थारुको हितमा छैन् ।
‘भारतले नेपालको सबै नदीहरु एकलौटी रुपमा सदुपयोग गर्न चाहेको छ’ पुनले भने– ‘कर्णाली बाहेक नेपालका सबै नदि भारतले सदुपयोग गरिसकेको छ अब भारतले कर्णाली नदिमाथि हष्तक्षेप गर्न खोजेको हो ।’ भारतले अहिले नेपालको साँस्कृतिक, भौगोलिक, कानुन, राजनीतिक र सुरक्षा व्यवस्थामा समेत हस्तक्षेप गरिसकेको उनले बताए ।
नेपालका सरकारी कर्मचारीहरुको कुल संख्यामा ७२ हजार भारतीय ‘र’ एजेण्ट कर्मचारीहरु सरकारी कार्यालयमा काम गरिरहेको उनले बताए । उनले अहिले यती धेरै भारतीय ‘र’ एजेण्टहरु सरकारी कार्यालयमा काम गरिरहेको हुँदा सुरक्षा, कानुन, साँस्कृतिक, राजनीतिक लगायत सबैमा भारतीय प्रभाव बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ