इन्धन आपूर्तिका लागि चीनसँग चाँडो सम्झौता हुन्छ – मन्त्री पुन

इन्धन आपूर्तिका लागि चीनसँग चाँडो सम्झौता हुन्छ – मन्त्री पुन

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २ मङ्सिर । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताउनु भएको छ ।

चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि भोलि मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने बताउनु भयो ।

चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले सकारात्मक वातावरण तयार गरेको बताउँदै उहाँले भन्नुभयो, “आवश्यकताअनुसार सुलभ मूल्यमा इन्धन उपलब्ध गराउन चीन सहमत भएको छ । त्यसतर्फ जाने प्रतिनिधिमण्डलले सबै प्रक्रियाको टुङ्गो लगाउनेछ ।”

पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नु भयो ।

मन्त्री पुनले भन्नुभयो, “उच्च हिमाली क्षेत्रबाट गुणस्तरीय ग्यास आयात गर्न अप्ठ्यारो नपर्ने चिनियाँ प्राविधिकले बताएका छन् । सोहीअनुरुप अध्ययन गरिनेछ ।”

इन्धन आयात गर्दा चीन सरकारले लगाउने स्थानीय कर छुट दिन सहमत भएको उल्लेख गर्दै उहाँले भारत र चीनबाट इन्धनको मूल्यमा खासै अन्तर नहुने उल्लेख गर्नु भयो ।
बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने विकल्प रहेको बताउँदै उहाँले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए पनि आयात गरिने दाबी गर्नु भयो ।

उहाँले कालोबजारी नियन्त्रण गर्दै इन्धनलगायतका अत्यावश्यक सामग्रीको पारदर्शीरुपमा उपभोक्तासमक्ष सहजरुपमा पु¥याउन गृह प्रशासन, स्थानीय निकाय र आयल निगमबीच सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ