इन्धनको बिक्रीलाई पारदर्शी बनाइएको छ–निगम

इन्धनको बिक्रीलाई पारदर्शी बनाइएको छ–निगम

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २ मङ्सिर । नेपाल आयल निगमले इन्धनको समानुपातिक बिक्री वितरण पारदर्शीरुपमा सञ्चालन गरेको दाबी गरेको छ ।

निगमबाट उपलब्ध हुने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको बिक्री वितरणमा कुनै पनि समस्या नरहेकाले पारदर्शीरुपमा बिक्री तथा वितरण भएको जनाएको हो ।

निगमका नायब कार्यकारी अधिकृत सुशील भट्टराईले आज रासससँग कुरा गर्दै निगमले बजारमा पठाएको इन्धन वितरणमा कुनै पनि समस्या नरहेको दाबी गर्नुभयो ।

उहाँले निगम थोक विक्रेता भएकाले पेट्रोल पम्प र अन्य क्षेत्रमा आएका इन्धनको वितरणबारे निगमलाई जानकारी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “बजारमा भइरहेका खुद्रा व्यापारका विषयमा निगम जिम्मेवार छैन, यदि पम्पले बदमासी गरेका छन् भने तीनलाई तुरुन्त कारबाही हुन्छ ।”

सरकारले कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरेर जो कसैलाई पनि इन्धन आयात गरेर बिक्री गर्ने अधिकारको दुरुपयोग गर्दै केही व्यक्ति तथा विक्रेताले कालोबजारी गरेको बुझिएको छ ।

इन्धनमा आपूर्तिमा आउने कठिनाइलाई दीर्घकालीनरुपमा समाधान गर्न भारतको सरकारी आयल निगमका साथै त्यहाँका निजी कम्पनी र अन्य देशसँग इन्धन कारोबारको ढोका खोल्नुपर्ने कार्यकारी अधिकृत भट्टराईको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी