भारतीय नाकाबन्दीबिरुद्ध क्रान्तिकारी माओवादीबाट आन्दोलनको घोषणा

भारतीय नाकाबन्दीबिरुद्ध क्रान्तिकारी माओवादीबाट आन्दोलनको घोषणा

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २ मङ्सिर । भारतीय नाकाबन्दी, इन्धनको अभाव, महङ्गी र कालाबजारीबिरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले मङ्सिर ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने तथा १ बजेदेखि ३ बजेसम्म दूतावास अगाडि धर्ना दिने, मङ्सिर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुई घन्टा धर्ना दिने, मङ्सिर ११ गते देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

केही दिनअघि नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता भई बनेको सो पार्टीले एकता प्रक्रियालाई तलसम्म विभिन्न बैठक, प्रशिक्षण कार्यक्रम गरी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्य विभाजन गरेको छ । सच्चा देशभक्त, जनवादी र बामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल तथा प्रयत्न गर्ने तथा पार्टीको राष्ट्रिय सम्मलेनको मिति केन्द्रीय सचिवालयको आगामी बैठकले टुङ्गो लगाउने माओवादीले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी