प्रमुख तीन दल र मोर्चाबीच आज वार्ता हुदै

प्रमुख तीन दल र मोर्चाबीच आज वार्ता हुदै

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २ मंसिर ।  

मुख्य तीन दल र तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज वार्ताको तयारी भएको छ । यद्यपी वार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन ।

मधेशी मोर्चाका नेताहरुले प्रदेश सिमांकनमा साझा धारणा बनाएर वार्तामा आउन भनेपनि मुख्य तीन दलले अहिलेसम्म साझा प्रस्ताव तयार पारेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको वार्तालाई निर्णयक बनाउनका लागि आफूहरु अधिकतम लचकताका साथ प्रस्तुत हुने बताउनु भएको छ ।

आज वार्तामा बस्ने भनिएपनि आफूहरुलाई कुनै जानकारी नगाराएको मोर्चाको भनाई छ । मोर्चा आवद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले वार्ताबारे कुनै जानकारी नभएको बताउनुभयो ।

आफूहरुले बुझाएको ११ बुँदे मागबारे मुखय तीन दलले कुनै प्रतिक्रिया नजनाएको भन्दै महत्तोले वार्ता भन्दै दलहरुले जनतालाई झुक्याउन खोजिएको आरोप लगाउनुभयो ।

वार्ता अघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रसबीच साझा धारणा बनाउन प्रायस गरिने एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

यसक्रममा बिहानैबाट द्धिपक्षीय त्रिपक्षीय अनौपचारिक छलफलको तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी