दशगजाको आन्दोलनको अर्थ छैन, सिंहदरबार आउनुहोस् –नेम्वाङ

दशगजाको आन्दोलनको अर्थ छैन, सिंहदरबार आउनुहोस् –नेम्वाङ

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

भक्तपुर, १ मङ्सिर । पूर्वसभामुख सुवास नेम्वाङले आन्दोलनरत मधेसकेन्द्रित दलका नेतालाई देशको समस्या समाधान गर्न सिंहदरबारभित्र आउन आग्रह गर्नुभएको छ ।

नेकपा(एमाले)चाँगुनारायण नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेता नेम्वाङले आन्दोलनरत दललाई आफ्नो आन्तरिक समस्या समाधानका दशगजामा बसेर आन्दोलन गर्नाको अर्थ नभएकाले सरकार र दलहरुसँग वार्ता गरी समाधान खोज्न आग्रह गर्नु भएको हो ।

नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्रले हस्तक्षेप गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हो भन्दै उहाँले भारतले नाकाबन्दीलाई लम्ब्याउन नहुने बताउनु भयो ।

जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु समावेशी र न्यायोचित नहुने जिकिर गर्दै नेम्वाङले भन्नुभयो– “भूगोल र जनसङ्ख्या दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र तोक्नु सान्दर्भिक हुन्छ, संविधानमा पनि यस्तै प्रावधान राखिएको छ ।”

भारतले समेत भूगोल र जनसङ्ख्याका आधारमा ५० हजारदेखि २९ लाख जनतालाई समेट्ने गरी निर्वाचन क्षेत्र तोकेका सन्दर्भ कोट्याउँदै उहाँले नेपालमा जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु गलत हुने नेम्वाङले बताउनुभयो ।

नेम्वाङले ८९ प्रतिशत सभासद्को समर्थन र ९९ प्रतिशत सभासद्को उपस्थितिमा जारी भएको संविधानमा कोही कसैको असन्तुष्टि भएमा राजनीतिक सहमतिका आधारमा संशोधन गर्ने प्रावधान रहेकाले असन्तुष्टको मागको वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, सांसद केदार सञ्जेल, एमाले जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राजथला, चाँगुनगर कमिटी अध्यक्ष रमेश बुढाथोकीलगायतले भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले सीमानाकामा धर्ना दिएर नेपाली जनतालाई दिएको दुःखको विरोध गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी