काठमाडौं,१ मंसिर ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमांकन हेरफेर नहुने बताउनुभएको छ् ।
सिंगो तराई एक प्रदेश हुनै नसक्ने भन्दै उहाले आन्दोलनरत मधेसवादी दललाई लचिलो भएर राजनीतिक सहमति र संवैधानिक प्रक्रियामा आएर समाधान खोज्न आग्रह गर्नुभयो ।
प्रेस चौतारीले आज दैलेख सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले वर्तमान सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्न अझ गम्भीर हुनुपर्ने बताउनु भयो । मधेसमा संविधानबारे अपबाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेसी जनतालाई अध्ययन गर्न दिनुपर्ने उनको सुझाव छ ।
नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको टिप्पणी गरे । सरकारले इन्धनको वैकल्पिक व्यवस्था गर्न लागेकाले धैर्य हुन जनतालाई आग्रह गर्नुभयो । उहाले कोइराला सरकार भारतीय नाकाबन्दीको व्यवस्थापन गर्न चुकेको आरोप लगाउनु भयो ।
पत्रकारको एक प्रश्नमा उहाले मुलुकलाई आत्मनिर्भर बनाउन दैलेख लगायतका विभिन्न जिल्लामा भेटिएका सम्भावित पेट्रोलियम खानीको अनुसन्धान, उत्खनन्मा अबका सरकारले चासो दिनुपर्ने बताउनुभयो ।