विराटनगर, १ मंसिर ।
भारतको अघोषित नाकाबन्दीका कारण देशभर अत्यावश्यकिय बस्तुको अभाव चुलिदै गएको छ ।
सहज आपुर्ति नहुंदा पुर्वाञ्चल, मधयमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सिदुरपश्चिमाञ्चलमा समेत अति आवश्यक औषधीको अभाव भएको हो ।
भारतको अघोषित नाकाबन्दी तथा मधेसी मोर्चाले तीन महिनादेखि जारी राखेको आन्दोलनका कारण पूर्वी नेपालमा औषधीको अभाव चुलिएको हो ।
मोर्चाको आन्दोलनका कारण ठेकेदार कम्पनीले कतिपय जिल्लामा औषधी निर्यात नगर्दा पुर्वाञ्चल क्षेत्रिय मेडिकल स्टोरमा औषधी थन्किन पुगेको छ ।
पूर्वी नेपालका सिरहा र सप्तरीमा मेडिकल स्टोरवाट वितरण हुंदै आएका औषधी तीन महिना यतावाट जान सकेको छैन ।
मोर्चाको बन्द र भारतले गरेको नाकाबन्दीका कारण भारतीय कम्पनी तथा तेस्रो मुलुकवाट आयत हुने औषधीहरुको अभाव पूर्वाञ्चलका जिल्लाहरुमा देखिएको हो ।
पूर्वाञ्चलमा औषधी र भ्याक्सिन वितरण गर्दै आएकोे पूर्वाञ्चल क्षेत्रिय मेडिकल स्टोर विराटनगरले बन्दका कारण औषधीको आपूर्ती गर्न नसकेको जनाएको छ ।