भक्तपुर, कार्तिक ३० गते । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतले लगाएको अघोषित नाकाबन्दीले उसको चरित्र विश्व सामु उदागिँंदै गएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा उहाँले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क बस्तुहरुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाएको नाकाबन्दी अन्तराष्ट्रिय मान्यता बिपरित भएकाले भारतको चरित्र विश्व सामु नागिंदै गएको उहाँले बताउनु भयो ।
भारत भित्र र विश्वभर भारतले गरेको नाकाबन्दीको तिब्र बिरोध बढेता पनि नरेन्द्र मोदी र भारतका केही राजनीतिज्ञहरुको अहंमताका कारण तत्कालै नाकाबन्दी नखुल्ने भन्दै ज्ञवालीले इन्धनको भन्दा पनि औषधिको निर्यात रोकेर भारतले पारवाहन सन्धिको उल्लंघन गर्दै अमानबिय व्यवहार प्रदर्शन गर्नु मानवता बिरोधी क्रियाकलाप भएको टिप्पणी गर्नु भयो ।
भारतले गरेको नाकाबन्दी पश्चात चीनसँग गर्न थालिएको इन्धनको सम्झौतामा नेपाल आयल निगमको कम्जोरी, केही कर्मचारीको नियत खराब रहेको र केहीमा कार्यदक्षताको कमी भएकाले समेत सम्झौताले तिब्रता पाउन नसकेको भन्दै उहाँले भन्नु भयो चीनसँगको इन्धन सम्झौतामा बेइमान गर्ने निगमका कर्मचारीलाई कारवाहिको दायरमा ल्याउने सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ । नेपाल सरकारले बिभिन्न मुलुकबाट इन्धन आपूर्तिका लागि बिकल्प समेत खोजी रहेको उहाँले बताउनु भयो ।
इन्धनको अभावलाई मध्ये नजर गर्दै सरकारले गरेको दाउरा बितरण दिर्घकालिन समस्या समाधानको उपाय नभएता पनि यसले केही भए पनि राहत दिने भएकाले सरकारले दाउरा बितरण प्रक्रिया अघि बढाएको उहाँको भनाई छ ।
तराई आन्दोलनले तराईको भबिष्यलाई नै अन्धकार तर्फ धकेलेको भन्दै ज्ञवालीले भन्नु भयो, यो कस्तो आन्दोलन हो जसले आफ्नै नागरिकको भबिष्य अन्धकार पार्दै छ । नेपालीको समस्या नेपालीले नै समाधान गर्ने भएकाले बार्ताको माध्यमबाट तत्काल समस्याको सम्बोधन गर्न समेत मधेशी दलहरुलाई आग्रह गर्नु भयो ।
काँग्रेसले भद्र सहमतीको पालन नगरी ठूलो गल्ती गरेता पनि राष्ट्रियताको सवालमा, संविधान जारी पश्चात कार्यान्वयनको पक्षमा, भुकम्प पश्चात पुनर्निमार्णमा र नेपालले भोग्नु परेको नाकाबन्दीको सवालमा सबै राजनीतिक दलहरुसँगको सहकार्यतामा सहयोग गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।
यो सरकारको आयु छोटो छ भन्नेहरुले देशलाई उद्यो गति तर्फ धकेल्ने प्रयासहरु जारी राखेको भन्दै अहिलेको सरकारले स्थानिय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्न पूर्ण सफल रहने भएकाले यो सरकार आयु कति छ भन्ने सहजै बुझ्न सकिने उहाँको तर्क थियो ।