धुन्चे (रसुवा), ३० कात्तिक । चीनबाट पेट्रोलियम पदार्थ लिन २६ वटा ट्याङ्कर आज केरुङतर्फ प्रस्थान गरेका छन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका अनुसार रसुवागढीबाट केहीबेर अगाडि २६ वटा ट्याङ्कर केरुङतर्फ प्रस्थान गरिसकेका हुन् ।
चीन सरकारले उपलब्ध गराउने अनुदानको पेट्रोलियम पदार्थमध्ये हालसम्म ९२५९७ किलोलिटर गरी ९७ वटा ट्याङ्करमा नेपाल भित्रिसकेको र बाँकी २०७४.०३ किलोलिटर पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका ती ट्याङ्कर केरुङतर्फ गइसकेको आज साँझबाट नेपाल भित्रने क्रम सुरु हुने अपेक्षा गरिएको रसुवागढी भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घवन्धु सुवेदीले बताउनुभयो ।
पेट्रोलियम पदार्थको लाग्ने भन्सार शुल्क रु तीन करोड ६४ लाख नेपाल आयल निगमले अग्रिम भुक्तानी गरिसकेको समेत निमित्त प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline