मधेस आन्दोलनको समस्या सामाधान खोज्न प्रचण्डको सक्रियता

मधेस आन्दोलनको समस्या सामाधान खोज्न प्रचण्डको सक्रियता

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, ३० कात्तिक ।

मधेस आन्दोलनलाई सम्बोधनको प्रयासमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाउनु भएको छ ।

अहाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छलफल गर्नुभएको छ । बालुवाटारमा भएको छलफलमा मधेसी मोर्चाले उठाएको सीमांकनको मागलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ ।

संयोजकको हैसीयतले प्रचण्डले सीमांकनमा केही विकल्प अघि सार्नुभएको र त्यसमा प्रधानमन्त्री सहमत देखिनुभएको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारि दिनुभयो ।

खड्काका अनुसार प्रचण्डले आजै मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ । प्रमुख दलका शीर्षनेता र मधेसी मोर्चाबीच भएको वार्तामा पनि प्रचण्डले दुई विकल्प प्रस्तुत गरेका थिए ।

प्रमुख दलका शीर्षनेताहरुको राजनीतिक समिति बनाएर सीमांकनको विवाद टुंग्याउने प्रचण्डको प्रस्ताव छ । यसमा कांग्रेस र एमाले सकारात्मक छन् । तर, मधेसी मोर्चाले उधारो सहमति स्वीकार्य नहुने बताएको छ ।

प्रचण्डको दोस्रो विकल्प तराई मधेसका विवादित जिल्लाहरु विभाजन गर्ने भएपनिे एमाओवादीको प्रस्तावमा कांग्रेस र एमालेले त्यसमा सहमति नजनाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी