कांग्रेसले भूकम्प प्रभावित जिल्लाका आफ्ना सांसदहरुसँग परामर्श गर्दै

कांग्रेसले भूकम्प प्रभावित जिल्लाका आफ्ना सांसदहरुसँग परामर्श गर्दै

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ३० कार्तिक ।  

भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसले आज भूकम्प प्रभावित जिल्लाका आफ्ना सांसदहरुसँग परामर्श गर्दैछ ।

गत वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था र पार्टीले खेल्न सक्ने भूमिकाबारे छलफल गर्न प्रभावित क्षेत्रका सांसदसँग कार्यक्रम तय गरिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

छलफल दिउँसो २ बजे सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यलयमा हुदैछ । यस्तै जाडो मौसममा भूकम्प प्रभावितले भोग्नुपरेको समस्या न्युनिकरणका उपाय तथा पार्टीले चाल्ने पहल कदमीका विषयमा पनि छलफल हुने पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी