पहिलोपटक गाउँमा सडक पुग्दा बैतडीको बासुलिङ्गबासी हर्षित

पहिलोपटक गाउँमा सडक पुग्दा बैतडीको बासुलिङ्गबासी हर्षित

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, ३० कात्तिक । बैतडीको बासुलिङ्गमा पहिलोपटक सडक पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पहिलोपटक गाउँमा सडक पुगेपछि सडक कार्यालयका कर्मचारीलाई आइतबार फूलमालाले स्वागत गरेको स्थानीयवासी तर्कराज भट्टले बताउनुभयो ।

गाउँमा सडक पुग्दा खुसी भएर सडक खन्ने मेसिन डोजरका अपरेटर मनिष कँुवर र डिभिजन सडक कार्यालयका कर्मचारी डम्मर धामीलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए ।

सतबाँझ वासुलिङ्ग श्रीभावर सडकखण्डअन्तर्गत आइतबार वासुलिङ्गको तडीगाउँसम्म जिप चल्ने ट्र्याक खोलिएको हो । रोयल निर्माण सेवा बैतडीमार्फत सडक निर्माण कार्य जारी रहेको छ । अहिलेसम्म सो सडकको नौ किलोमिटरसम्म गाडी जान सक्ने भएको निर्माण कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी