नाकाबन्दी गर्नु अपराध– उपप्रम थापा

नाकाबन्दी गर्नु अपराध– उपप्रम थापा

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलुकको राजनीतिक दलको नेतृत्व नागरिक समाज र सरकारले भारतीय सरकारविरुद्ध कुनै कार्य नगरेकाले सीमामा नाकाबन्दी गर्न अपराध गरेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा उहाँको सम्मानमा आयोजित स्वागत एवम् अभिनन्दन समारोहलाई सम्बोधन गर्दै विनाकारण नेपाली जनतामा भारत सरकारले प्रतिशोध राख्दै सीमामा नाकाबन्दी गर्नु कूटनीतिक हस्तक्षेप हो भन्नुभयो ।

लामो समयदेखि भारतमा मात्रै एकतर्फी पारवहन सन्धि गर्नाले अहिले नेपालीमा धोका भोग्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले अब सरकारले विभिन्न राष्ट्रमा पारवहन सुविधाको सन्धि गरेर समस्त नेपालीलाई अब छिट्टै नाकाबन्दीबाट मुक्त पार्न सरकारले नयाँ कदम चाल्न लागेको बताउनु भयो ।

उहाँले तराई केन्द्रित दलहरुले आफ्नो दलगत स्वार्थ त्यागेर पूरा गर्न सकिने मागलाई राजनीतिक सहमतिका माध्यमबाट कुरा गर्न सरकार तत्पर छ भन्नु भयो ।

यसैगरी उपप्रधानमन्त्री थापाले राप्रपा नेपालको सैद्धान्तिक पक्ष र आदर्शलाई कुनै आँच नपु¥याई राष्ट्रमा प्रजातान्त्रिक र राष्ट्रियतालाई बलियो तुल्याउन पार्टी सरकारमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले आज राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सङ्गठनलाई दरिलो बनाउन कार्यकर्ता घरदैलो अभियानमा संलग्न हुनुपर्दछ भन्नु भयो ।

उपप्रधानमन्त्री थापाले मकवानपुर उद्योग वाणिज्य सङ्घका संस्थापक पूर्वअध्यक्ष रामकृष्ण गोर्खाली र नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीलाई दोसल्ला ओढाइ अभिनन्दन गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी