१५ औं नेपाल-चीन तिब्बत आर्थिक तथा व्यापार मेला मंसिर १ बाट

१५ औं नेपाल-चीन तिब्बत आर्थिक तथा व्यापार मेला मंसिर १ बाट

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २९ कार्तिक ।

नेपाल र चीन व्यापार सम्झौता अनुसार प्रत्येक दुई – दुई बर्षमा आयोजना हुदै आएको नेपाल-चीन तिब्बत आर्थिक तथा व्यापार मेला यहि मंसिर १ बाट सुरु हुने व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले जनाएको छ ।

दुई देशबीच आलोपालो गरि आयोजना हुदै आएकामा यस बर्षकोे १५ औ व्यापार मेलाको पालो नेपाललाई परेकाले केन्द्रकै संयोजनमा काठमाडौंको भृकुटी मण्डपमा मंसिर १ गतेबाट ५ गतेसम्म संचालन हुने केन्द्र जनाएको छ ।

आज ललीतपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरि केन्द्रले चीन तिब्बत र नेपालबीच आर्थिक, प्रविधिक, व्यापारिक, सामाजिक, साँस्कृतिक र लगानी प्रवद्र्धन गर्नका अतिरिक्त आर्थिक क्रियाकलाप आदान प्रदान तथा प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिएको प्रष्ट पारेको छ ।

यस प्रदर्शनीमा चीनको स्वसासित प्रदेश तिब्बतको तर्फबाट सरकारी प्रतिनीधिको रुपमा प्रतिनीधि मण्डलले भाग लिने छ भने मेलामा तिब्बतका कार्पेट, तिब्बती धुप, औषधि, ईलेक्ट्रिक सामान लगाएत करिब ५० र नेपाललका काष्ठकला, मेटलक्राफ्ट, हस्तकलाका सामानहरु, गलैंचा, पश्मिना, जडिबुटी लगाएत करिब २० स्टल प्रदर्शनीमा राखिनेछन ।

नेपालको तर्फबाट प्रदर्शनीमा फुड कार्ट पनि राखिने छ । साथै नेपाली कला संस्कृतीको प्रर्दशनीका लागि साँस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

करिब १४ देखि १५ करोड लगानीमा हुन लागेको उक्त मेलालाई पचास हजारले अवलोक गर्ने अनुमान गरिएको छ । उपभोक्ता अवलोकनकर्ताहरुका साथै सबैलाई प्रवेश निशुल्क रहेको पनि केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी