ग्यास बुलेट सिधै पाँचखालसम्म ल्याउन चिनको प्रस्ताव

ग्यास बुलेट सिधै पाँचखालसम्म ल्याउन चिनको प्रस्ताव

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २९ कार्तिक ।

चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनसँग आज भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराउनुभएको हो ।

नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आज विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको मास्केले बताउनु्भयो ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटमा डा. मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराउनुभएको थियो ।

उहाँले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेकाले निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक संझौता हुन केही ढिला भइरहेको बताउनुभएको थियो । राजदुत चुन्ताई भोली स्वदेश फर्किदै हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी