काठमाडौं, २९ कार्तिक ।
उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायलाई निर्वाचनको माध्यमबाट सबल पार्न सरकार कठिबद्ध रहेको बताउनु भएको छ ।
हेटौँडा उपनगरपालिकाद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले सरकारले स्थानीय निकायको चाँडोभन्दा चाँडो निर्वाचन गराउन सर्वदलीय सहमति कायम गर्न गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री थापाले सरकारको सीमित स्रोत र साधनले मात्र नगरलाई अत्याधुनिक सहर निर्माण गर्न नसकिने बताउँदै स्थानीय स्रोत र साधनलाई निष्पक्ष ढङ्गबाट बाँडफाँट गर्न आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline