नागरिकताको प्रतिलिपि नभकाले पाएनन् दाउरा , रित्तो हात फर्किए

नागरिकताको प्रतिलिपि नभकाले पाएनन् दाउरा , रित्तो हात फर्किए

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,२९ कार्तिक ।

उपत्यकामा सरकारले दाउरा वितरण ईन्धनको अभाव भएपछि सरकारले आईतवारबाट दाउरा वितरण सुरु गर्यो ।
उपत्यकाको दुई स्थान गौशाला र बालकुमारीस्थित टिम्बर कर्पोरेसनका गोदामबाट बाडिएको दाउरा लिन लाइनमा बसेकाहरुले नै प्रक्रिया नपुयार्एई आएको भन्दै पाएनन् ।

आइतबार बिहानैदेखि दाउरा बेचिने भएपछि गौशाला र बालकुमारीमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको थियो ।

गौशालामा दाउरा लिने लाइनमा पुगेकी गठ्ठाघरकी तारा श्रेष्ठले लाईनमा बसेपनि अन्त्यमा नागरिकताको फोटोकपी नल्याएको भन्दै दाउरा नदिई फर्काएको बताईन् । पाँच महिनाकि गर्भवति उनी दाउरा लिन बिहानैदेखि लाईनमा बसेपनि अन्तमा दाउरा पाईनन् ।

ग्यास नपाएपछि दाउरा भएपनि लगेर खाना पकाएर खाने उनको सपना नागरिकताको फोटोकपि नभएपछि तुहियो । उनको नागरिकता बनेको छैन । श्रीमानको नागरिकता उनैसँग छ ,उनी मजदुरीका लागी बाहिर गएकाछन् , उनले गुनासो गरिन ।

शुक्रबार नै दाउरा बाड्ने सुनेपछि तिहारमा टिका नलगाई भएपनि दाउरा लिन जान तयार भएकी उनी पछि आईतवार मात्र बाड्ने सुनि घरमा नै बसेकी थिईन् । तर आज बिहानै देखि लाईन बसेपनि पाईनन् ।

लाइन बसेर जब उनी टोकन लिने पालोमा पुगे अनि मात्र थाहा पाए, दाउरा लिन पनि नागरिकता चाहिने रहेछ । कर्मचारीले उनलाई दाउरा दिन नसक्ने बताएपछि उनी खालि हात नै फर्किईन् ।
सरकारले प्रतिपरिवार एक सय केजीका दरले दाउरा वितरण गरेको छ । दाउरा प्रतिकेजीको मुल्य १५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी