सिरक डसना उद्योगमा आगलागी

सिरक डसना उद्योगमा आगलागी

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २९ कार्तिक । 

बुटवलमा रहेको लुम्बिनी सिरक डसना उद्योगमा आगलागी भएको छ । बुटवल– ८ श्रवणपथस्थित उद्योगमा विद्युत् सर्ट भई हिजो साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार उद्योगमा विद्युत् प्रवाह भई लागेको आगो राति करिब १० बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उद्योग सञ्चालनमा रहेको टिनले छाएको घर तथा तयारी अवस्थामा रहेका सिरक डसना जलेर नष्ट भएको उद्योगका सञ्चालक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

आगलागीबाट रु १५ लाखको क्षति भएको उहाँले जानकारी दिनुभयो । साथै उद्योगसँगै रहेको चर्चमा पनि सामान्य क्षति पुगेको छ ।

बुटवल र भैरहवाका दमकलसहित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी