तीन दल र मधेशी मोर्चाबीच आज वार्ता हुदै

तीन दल र मधेशी मोर्चाबीच आज वार्ता हुदै

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २९ कार्तिक । 

तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलबीच आज वार्ता हुदैछ ।

प्रदेश सिमांकन हेरफेरको विषयलाई बटमलाइन बनाएको मोर्चासँग सत्तारुढ दल नेकपा एमाले, एकिकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज छलफल गर्न लागेका हुन् ।

मोर्चासँग गर्ने वार्ताको तयारीबारे प्रमुख तीनदलले त्रिपक्षीय परामर्श गरी संयुक्त रुपमा छलफल गर्ने बताएका छन् ।

मोर्चा आवद्ध दल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तीन दलले आज आफूसँग छलफल गर्ने बताएपनि समय भने तय नभएको बताउनुभयो ।

अपरान्न सम्ममा बस्ने तीन दल र मोर्चाको संयुक्त बैठकमा प्रदेश सिमांकन हेरफेरको विषयबारे छलफल हुने नेताहरुले बताएका छन् ।

मोर्चाले प्रदेश सिमांकन हेरफेरलाई बटमलाइन बनाएको भएपनि माग सम्बोधनका लागि विश्वासिलो प्रतिवद्धता जनाएर मधेशमा जारी आन्दोलन फिर्ता लिन आग्रह गर्ने प्रमुख दलको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी