हाम्रो मनोरञ्जन सूचना, विचार आदान प्रदानको ठूलो साधन बनेको छ फेसबुक । हामी आज यसको प्रयोग खुब गरीरहेका छौं । तर हाम्रो मृत्यु पछि हाम्रो फेसबुक के होला यो कहिले पनि सोचिएको छैन ।
तर फेसबुकले कोही पनि प्रयोगकर्ताको मृत्यु भए पछि आफन्तले निवेदन दिएमा स्मारक बनाईदिने व्यवस्था शुरु गरेको छ । तर यस्तो आवेदन दिदा मृतक युजरको मृत्युको प्रमाण पत्र पनि पेश गर्नु पर्ने छ ।
त्यस पछि मृतकको प्रोफाईल या शेयर भएको पोष्ट हेर्न सकिने छ तर कुनै पनि युजरले लग ईन गर्न सक्दैन । कुनै युजरले उत्तराधीकारी बनाउन पनि सक्ने छ । तर उसले पनि पुरै एकाउन्ट चलाउन सक्दैन । उसले केबल फ्रेन्ड रिक्वेष्ट आएमा स्वीकार गर्ने या नगर्ने, पिन पोष्ट पठाउने , प्रोफाईल फोटो बदल्ने जस्ता सीमित अधिकार मात्र पाउने छ ।
युजरले आफ्नो मृत्यु पछि फेसबुक एकाउण्ट डिलिट गराउने निवेदन पनि दिन सक्ने छ ।
होलीको उनका पूर्व प्रेमीले घाटी रेटेर हत्या गरे पछि पीडित उनकी दिदी कोली गेजर्डले आफ्नो बहिनीको तस्वीर ती हत्यारा प्रेमी असेर मस्लिन विनाको खुसी रहेको अवस्थामा देख्न चाहेको भन्दै अनुरोध गरे पछि फेसबुकले मस्लिनको फोटो डिलिट गरी होलीको मात्र तस्वीर राखेर स्मारक बनाई दिए पछि यसले चर्चा पाएको हो । मस्लिन जन्मकैदको सजाय पछि जेलमा छन् ।
पहिला त्यस्तो अनुरोध स्वीकार नगरी होली र मस्लिनको सयुक्त तस्वीर सहित स्मारक बनाएको फेसबुकले पछि उजुरी परे पछि मस्लिनको फोटो हटाई दिएको थियो ।
फेसबुकका प्रवक्ताले स्मारक बनाउन मृतकका परिवारको सहयोग गर्ने आफूहरुको चाहना रहेको भन्दै मृतकका परिवार खुसी रहुन भनेर स्मारक बनाउन थालिएको बताए ।
होलीका परिवारले ११ हजार हस्ताक्षर सहित अनलाईन मार्फत फेसबुकमा उजुरी दिएका थिए ।

