काठमाडौ २८ कार्तिक ।
उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता असान्दर्भिक पुष्टि भइसकेको बताउनु भएको छ । उहाँले संघीयताको नारा बोक्नेलाई समेत अहिले यस्तो महसुस भइरहेको बताउनु भयो ।
राजधानीमा आज गरिएको साक्षात्कारमा उपप्रधानमन्त्री केसीले अरुको राय सल्लाह बिनै सरकार पनि आफैं गठन गर्ने र संविधान पनि आफैं बनाउने नियतका कारण मुलुक अहिले गम्भीर संकटमा परेको दाबी गर्नुभयो ।
हिमाल, पहाड र तराई एक अर्कामा निर्भर रहेको भन्दै उहाँले राष्ट्रको अखण्डता र सार्वभौम सत्ताप्रति कुनै शक्तिसँग घुडा टेक्न नहुने धारणा राख्नु भयो ।
जनताको अगुवाई गर्नेहरुको अदुरदर्शीताका कारण मुलुकले नाकावन्दीको समस्या झेल्नुपरेको मन्त्री केसीको भनाई छ । उहाँले कुटनीतिक र राजनीतिक संवादबाटै तराई मधेशको समस्या समाधानको विकल्प नभएको पनि बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline