काठमाडौ २८ कार्तिक ।
आज विश्व मधुमेह दिवस, नेपालमा पनि स्वस्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाले विविध कार्यक्रम गरी मनाउदै छन् । हरेक वर्ष नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह संगठनको आव्हानमा सन् १९९१ देखि नोभेम्बर १४ मा यो दिवस मनाइन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको जीवनशैली र खानपानलाई व्यवस्थित गर्न नसकेकोले केही वर्ष यता विश्वमा मधुमेहका बिरामी बढ्न थालेका छन् ।
विश्वमा २५ करोड भन्दा धेरैलाई मधुमेह भएको र हरेक १० सेकेन्डमा ३ जना विरामी थप हुने गरेको अन्तर्राष्ट्रिय मधुमेह संगठनको तथ्यांक छ ।
मधुमेह भएका विरामीलाई मुटु, मिर्गौलाको संक्रमण हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । खानपान र जीवनशैलीलाई व्यवस्थित गर्न सकेमा मधुमेहबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।