कठिनाइका बीच तिहार सम्पन्न

कठिनाइका बीच तिहार सम्पन्न

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 काठमाडौँ, २७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार आज हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

नेपालमा संविधान जारी भएसँगै तराईमा भएको बन्द, हड्ताल र भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभावका बीच पनि नेपालीले नेपाली संस्कृतिसँग जोडिएको तिहार पर्वलाई उत्साहपूर्वक मनाए ।

दिदीसँग टीका थाप्नका लागि पोखराबाट काठमाडौँ आउनुभएका दीपक सङ्गमले नाकाबन्दीको कारण यस पालिको तिहार विगतको जस्तो सबैलाई रमाइलो नभए पनि समग्रमा रमाइलै भएको बताउनुभयो ।

“ काठमाडौँमा दिदी भएका कारण टीका थाप्न आउनुपर्ने गाडी नपाउँदा धेरै दुःख पाइयो, यो तिहारमा म जस्ता धेरैले दुःख पाएका छन् , कतिले त गाडी नपाएका कारण आफ्ना दिदीबहिनीको हातको टीका लगाउनै पाएनन्”–उहाँले भन्नुभयो ।

एकातिर तिहार मनाउन जानका लागि गाडी नपाउने, अर्कातिर तिहारका लागि आवश्यक सामग्री महँगो, बजारमा खानेतेल लगायतको चरम अभावका बीच पनि तिहार रमाइलो भएको अनामनगरका सागर महर्जनले बताउनु भयो ।

इन्धन अभावका कारण धेरै सर्वसाधारण गाडीमा झुन्डिएरै भए पनि दिदीबहिनीकहाँ पुगेका र फर्केका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी