भारतीय नाकाबन्दीको जवाफ , यसरी पकाउछौ सेल

भारतीय नाकाबन्दीको जवाफ , यसरी पकाउछौ सेल

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाण्डौ ,२७ कार्तिक ।
आज तीहारको अन्तिम दिन भाईटीका । दिदिबहिनीले दाजुभाईलाई सप्तरङगी टिका र माला लगाईदिएर मनाउने गर्छन् ।

भाईटीकाका लागी आवश्यक पर्ने सयपत्रि र मखमली माला सहित अर्को परिकार हो ,सेल । अरुबेला जति सेल खाएपनि तिहारको बिशेषता नै फुल र सेलमा रहेकाले कुनसुकै हालतमा पनि नेपाली नारिहरु सेल पकाएरै छाड्छन् ।

आफ्ना दाजुभाईलाई टिका लगाईदिएपछि दिने मुख्य परिकार नै सेल भएकाले पनि यो अनिवार्य हुन्छ ।

भारतीय नाकाबन्दीले ईन्धनको अभाव हुदा खाना पकाउने एलपि ग्यास नपाएर धेरै उपत्यकावासीको चुलो बल्न सकेको छैन । तर आज भाईटिकाको दिन भने प्राय सबैले सेल पकाएर नाकाबन्दी गर्ने भारतलाई व्यावहारिक जवाफ दिए ।

कसैले हिटरमा रोटि पकाए त कसैले दाउरामा । आज सबैको घरमा सेल रोटि पाकेको छ । आफुले पकाउन सम्भव नभएका ठाउहरुमा छिमेकीले पकाएको सेल बाडेर समेत भाईटिकाको तयारिमा जुटेका छन् ।

यसैको एक प्रतिनिधि पात्र हुन् मरेङ् दूई,अग्र्घाखांचीकि घर भई हाल चागल, कालिमाटीमा बस्दै आएकी गीता पौडेल । उनि भन्छिन “ नेपालि आत्म निर्भर हुनुपर्छ र जस्तो कठिनाइ आइपरेपानी पछाडी हटनुहुदैना ।”

भारतले गरेको अहिलेको व्यावहारले नेपालीले पाठ सिक्नु पर्ने भन्दै उहाले जस्तो सुकै कठिन परिस्थीति आएपनि आफ्नो राष्ट्रियता नबेच्न र भारतका सामु घुडा नटेक्न नेताहरुलाई पनि सुझाव दिईन ।

त्यति धेरै राजनितिक कुराहरु नबुझेपनि नेपालीले अहिले राष्ट्रियताका लागी पुरा साथ दिईरहेको उनलाई लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी