लमजुङमा भएको जीप दुर्घटनामा पाँचको मृत्यु, दुई जना गम्भिर घाइते

लमजुङमा भएको जीप दुर्घटनामा पाँचको मृत्यु, दुई जना गम्भिर घाइते

  • बिहिबार, कार्तिक २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ २६ कार्तिक ।  

लमजुङको बेशीसहरमा आज बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।

चनौटेबाट बेशीसहरका लागि छुटेको ग १ ज ५५ ८८ नम्बरको जीप बेशीसहर–१३ चनौटेमा आज बिहान करिब ३ बजेतिर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बेशीशहर १३ चनौटे पुरानो घर भइ हाल नवलपरासीको कावाशोती बस्दै आएका खुशीराम आले, बेशीशहर १३ चनौटेका मोसा तामाङ, भारत थापा, खुदी ९ अर्खले घर भइ हाल चनौटेमा बस्दै आएका नन्दबहादुर गुरुङ र तनहुँ पुरकोट घर भइ हाल बेशीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठ रहेका छन् ।

मृतकमध्ये थापा नेपाली सेनाको सिपाही भएको प्रहरी नायव उपरिक्षक शम्भू प्रसाद ढकालले बताउनुभयो । दुर्घटनामा बेशीहर १३ चनौटेका हिराबहादुर गुरुड र सैतुङ १ धादिङका अकल तामाड गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइतेको लम्जुङ जिल्ला सामुदायीक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रेफर गरिएको छ । जीप चनौटेको थिती पाखाबाट करिब दुई सय मिटर तल खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी