‘मेडिक मोबाइल’ मार्फत सेवा दिन थालेपछि मातृ मृत्युदरमा कमी

‘मेडिक मोबाइल’ मार्फत सेवा दिन थालेपछि मातृ मृत्युदरमा कमी

  • बिहिबार, कार्तिक २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बागलुङ, २६ कात्तिक ।

महिलालाई गुणस्तरीय सेवा दिन पहिलोपटक बागलुङमा ‘मेडिक मोबाइल’ मार्फत सेवा दिन थालेपछि मातृ मृत्युदरमा कमी आएको छ ।

नवजात शिशु मृत्यु दर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो ।

‘मेडिक मोबाइल’’ लागू गरिएपछि महिला गर्भवती भएदेखि सुत्केरी नहुने जेलसम्म स्वास्थ्य सम्बन्धित अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वायम्सेविकाले मोबाइलमार्फत जानकारी दिनेछन् ।

सबै क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिई गाउ“गाउ“मा खटाइएको छ ।

नेपालमै पहिलोपटक बागलुङ जिल्लामा गर्भवती महिलाको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी यो सेवा लागू गरिएकाले अहिले देशैभरि यो सेवा प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताउनुभयो ।

उहा“का अनुसार “ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्या समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्नछ ।” मातृ मृत्युदर कम गर्न ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी गराउन जिल्लाका ५८ गाविस र एक नगरपालिकामा यो सेवा लागू गरिएको छ ।

गर्भवती महिलाको स्वास्थ्यलाई उत्प्रेरणा दिन मोबाइल सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

बागलुङ जिल्लामा एक वर्षको समयमा सात हजार २०० महिला सुत्केरी हुने गरेको तथ्याङ्कमा रहेको छ । सुत्केरी हुने अवस्थाका महिला स्वास्थ्य चौकी र अस्पतालमा नजाने गरेको अवस्थामा ‘मेडिक मोबाइल’ले स्वास्थ्य संस्थामा जान प्रेरणा दिन सहयोग पुग्ने जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी