२ लाख ७० हजार लिटर पेट्रोल नेपाल भित्रियो

२ लाख ७० हजार लिटर पेट्रोल नेपाल भित्रियो

  • बुधबार, कार्तिक २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ, २५ कार्तिक ।

चीनले अनुदानमा दिएको २ लाख ७० हजार लिटर पेट्रोल रसुवागढी नाकाबाट आज नेपाल भित्रिएको छ ।

चीनले अनुदानमा दिएको १३ लाख लिटरमध्ये आज मात्रै २ लाख ७० हजार लिटर पेट्रोल नेपाल आएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । तेल बोकेका २६ वटा ट्यांकर बिहीबार राति नै काठमाडौं आइपुग्ने नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिनुभयो ।

अब चीनबाट ३ लाख ७५ हजार लिटर अनुदानको पेट्रोल नेपाल भित्रिन बाँकी छ । बाँकी तेल लिन तिहारपछि एकैपटक ट्यांकर पठाउने आयल निगमको योजना छ ।

चीनसँग ब्यापारिक रुपमा तेल ल्याउन सम्झौता हुनुअघि नै कारोबार सुरु गर्न आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो(चाइना) लाई आग्रह गरेको छ ।

अनुदानको पेट्रोलको धारैटी राजश्व स्वरुप आयल निगमले ३ करोड ६४ लाख रुपैयाँ रसुवागढी भन्सारलाई एकैपटक बुझाएको छ । आयल निगमले चीनबाट आएको पेट्रोलको वितरण सुरु गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी