काठमाण्डौ, २५ कार्तिक ।
नाकाबन्दीको वावाजुद पनि राजधानी फूलहरुले रंगिन देखिएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि काठमाडौं शहरमा भारतीय फूल नहुँदापनि राजधानी लगायत उपत्यकाका शहरहरु स्वदेशी फूलहरुले सुन्दर देखिएका छन् ।
शहरमा अरुबेला भन्दा थोरै सवारी साधन गुडिरहेका छन् । यद्धपी बसका छत ठेलमठेल यात्रुसँगै फूलका व्यापारीहरु फूल बोकेर काठमाडौं भित्रिएका छन् ।
लक्ष्मीपूजा तथा दिपावलीको अवसरमा काठमाडौं शहरका विभिन्न व्यापारिक प्रतिष्ठान, कार्यालय र पसलहरुमा सयपत्री, गोदावरी र मखमलीजस्ता फूलहरुले सजााईएका छन् । भने फूल तथा मिष्ठान्न किनमेल गर्नेहरुको बिहानैदेखि बजारहरुमा ठुलो घुईचो देखिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline