राष्ट्रपति तथा प्रधानमन्त्रीद्धारा दिपावलीको शुभाकामना व्यक्त

राष्ट्रपति तथा प्रधानमन्त्रीद्धारा दिपावलीको शुभाकामना व्यक्त

  • बुधबार, कार्तिक २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २५ कार्तिक ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा शुभकामना दिँदै सबै नेपालीको सुख, शान्ती, समृद्धी र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले दीपावली सबै नेपालीबिच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ प्रगाढा बनोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गरी देश विकासमा सहयोग गर्न पनि सबैमा अपिल गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार उज्यालो, खुशी र समृद्धीको पर्व भएकाले रमाइलो गरेर मनाउन शुभकामना दिनुभएको छ ।

अहिले देश र नागरिकले भोगिरहेको कठिनाईप्रति संवेदनशिल भएको भन्दै सबैले देखाएको धैर्यता र संयमताको सम्मान गरेको बताउनुभएको छ ।

आन्तरिक कठिनाईका बाबजूद पनि आफ्नो संस्कृती जोगाउँदै संविधानको कार्यान्वयन प्रभावकारी रुपमा गर्न सबै एकतावद्ध हुन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी