काठमाडौ २५ कार्तिक ।
बरिष्ठ पत्रकार शक्ति लम्सालको ८० वर्षको उमेरमा गएराति निधन भएको छ ।
पत्रकारितामा लामो समयदेखि शक्रिय लम्साल वामपन्थी आन्दोलनमा समेत सहभागी हुनभएको थियो ।
लामो समयदेखि विभिन्न रोगबाट थलिएका लम्सालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा गएराति निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
यसैबीच एकिकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आज बिहान पत्रकार लमसाललाई श्रद्धानजली दिन कार्यक्रमको आयोजना गरेको छ ।
पत्रकार लम्साल पञ्चायतकालको बहुचर्चित ‘योजना’ साप्ताहिकका प्रकाशक एवम् सम्पादक हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline