रसुवा, २४ कार्तिक।
रसुवागढी नाकाबाट निकासी–पैठारीको कार्य सुरु भएको छ । चीनको केरुङ हुँदै मालसामान बोकेका कन्टेनरहरु आज नेपाल भित्रिएपछि रसुवागढी नाका पूर्णरुपमा सन्चालनमा आएको हो ।
रसुवागढी नाका हुँदै सोमबार केरुङतर्फ गएका १७ ओटा कन्टेनरमध्ये १४ ओटा कन्टेनरले मंगलबार स्याउ तथा रेडिमेट सामान ल्याएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
गत वैशाखको शक्तिशाली भूकम्पपछि रसुवागढी नाकाबाट मालसामानका कन्टेनर पहिलोपटक नेपाल भित्रिएका हुन् । यसैगरी, चीन सरकारले दिएको अनुदानको पेट्रोल लिन गएका २६ ओटा ट्यांकरले आज दुई लाख ७० हजार लिटर पेट्रोल पनि ल्याएको रसुवागढी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख दीर्घबन्धु सुवेदीले बताउनुभयो ।
चीनबाट अहिलेसम्म ९७ ओटा ट्यांकरले नौ लाख २५ हजार लिटर तेल ल्याएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline