देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २४ कात्तिक ।

सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले देशको समग्र परिस्थितिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थामा बैठक केन्द्रित रहेको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी