स्वाधीनताको सङ्घर्षमा नेपाली एकठाउँमा उभिए :अधिकारी

स्वाधीनताको सङ्घर्षमा नेपाली एकठाउँमा उभिए :अधिकारी

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

पोखरा, २४ कात्तिक ।

नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारीले अघोषित नाकाबन्दीका कारण अत्यन्त दुःख कष्ट सहेर पनि नेपालीहरू स्वाधीनताको सङ्घर्षमा रहेको बताउनुभएको छ ।

एमाले क्षेत्रीय कमिटी क्षेत्र नं ३ कास्कीको क्षेत्रीय प्रतिनिधि परिषद् बैठकको आज यहाँ आयोजित उद्घाटन समारोहमा उहाँले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डताका पक्षमा सम्पूर्ण नेपाली एकाकार बन्नुपर्ने बताउनुभयो ।

जनताको बहुदलीय जनवादको सिद्धान्तले शान्तिपूर्ण तवरबाटै देशमा शासनसत्ताको नेतृत्व हासिल गर्न सकिने दृष्टिकोण अघि सारेको बताउँदै उहाँले नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न आरोह अवरोहका साथ वर्तमानमा आइपुगेको र विद्यमान अवसर र चुनौती दुवैलाई आत्मसात् गरी अघि बढ्नाको विकल्प नभएको धारणा राख्नुभयो ।

नेतृत्वमा सामाजिक जवाफदेहिता अपरिहार्य हुने उल्लेख गर्दै उहाँले पार्टीका जुनसुकै तह र तप्कामा रहे पनि सामाजिक उत्तरदायित्वको भावनालाई सर्वोपरि राख्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

एमाले वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसीले नेपाली कम्युनिस्ट एकतालाई थप मजबुत बनाउँदै एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । एमाले जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापाले एमालेको काँधमा ठूला अवसर र चुनौती एकैसाथ आएको छ भन्नुभयो ।

कार्यक्रममा एमाले पोखरा नगर कमिटी अध्यक्ष टेकनारायण अधिकारी, क्षेत्र नं ३ क्षेत्रीय कमिटीका अध्यक्ष धनबहादुर नेपाली, उपाध्यक्ष नगेन्द्र गुरुङ, सचिव ऋषिराम गौतम, नो जीवन आचार्य, युवराज पौडेललगायतले देशको विद्यमान समस्यालाई एमाले नेतृत्वको सरकारले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा क्षेत्रीय कमिटीद्वारा प्रकाशित ‘नयाँ पाइला’ (भाग २) को विमोचनका साथै पार्टीमा उत्कृष्ट काम गर्ने विभिन्न कमिटी र भूकम्पका समयमा स्वयम्सेवामा क्रियाशील व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यसैबीच एमाले कास्की क्षेत्र नं २ ले तिहार तथा छठका अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी