बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न बिशेष कानुन ल्याउने : मन्त्री सापकोटा

बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न बिशेष कानुन ल्याउने : मन्त्री सापकोटा

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भक्तपुर, कार्तिक २४  ।

वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न सरकारले बिशेष कानुन ल्याउन लागेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले हाल विगतमा वन तस्करी र फडानीमा संलग्न भएकालाई सुर्धन मौका दिने भएता पनि नसुर्धनेलाई नेपालको संविधान अनुसार कडा कारवाही गरिने बताउनु भएको हो ।
धार्मिक आडमा बन अतिक्रमण गरेर बसेकालाई समेत कारवाहिको दायरामा ल्याउने भन्दै उहाँले भुकम्पको पिडामा परेका र इन्धनको अभाव झेलीरहेका नेपालीलाई काठ बितरणको प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।
सापकोटाले नेपालको संविधान जारी पश्चात भारतले गरेको अघोषित नाकाबन्दी अन्तराष्ट्रिय मान्यता बिपरीत भएको र यो मानबिय संबेदनालाई ख्याल नगरि लगाएकाले समेत भारतको गलत कदमको सर्वत्र बिरोध भइरहेको छ ।
मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तत्पर रहेता पनि मधेश आन्दोलनका नेतृत्वको स्पष्ट माग नआउनु र देश टुक्राउने खालको अवस्थाकै कारण वार्ताले पूर्णता पाउन नसकेको उहाँको टिप्पणी थियो ।
भारतको नाकाबन्दीसँगै चीन तर्फको दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बल्ने अवस्थाको श्रृजना गर्न सरकार लागिरहेको भन्दै सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभबलाई सरकाले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको बताउनु भयो ।
सापकोटाले एमाओवादी छाडेरका गएका पैंतालीस मध्ये २१ सदस्य रहेको र त्यसमा पनि केहीले आफुले पार्टी नछाडेको बताउँदै उहाँले भन्नु भयो एमाओबादीमा प्रचण्डको एकल निर्णय नभएर केन्द्रिय समितिको निर्णय लागू हुन्छ ।
काँग्रेसले विगतको राजनीतिक सहमतीलाई तोडेता पनि राजनीतिक सहमतीलाई निरन्तार दिएर अग्रसर बन्नु पर्नेमा एमाआबादीले जोड दिईरहेको र काँग्रेसलाई सरकारमा ल्याउन लागिपरेको समेत उहाँको भनाई छ ।
नेपालमा कम्युनिष्ट एकताको सम्भावना रहेको र यसको प्रक्रियाका लागि नेपालका कम्युनिष्टहरु लागिपरेको भन्दै उहाँले भन्नु भयो भविष्यमा नेपालका कम्युनिष्टहरु एकै ठाँउमा भएको हेर्न सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी