पोखरा फूलमा आत्मनिर्भरतातर्फ उन्मुख

पोखरा फूलमा आत्मनिर्भरतातर्फ उन्मुख

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

पोखरा, २४ कात्तिक ।

धेरै कुरामा आत्मनिर्भर बन्न नसक्दा नेपालले पटकपटक नाकाबन्दीको मार खेप्नुपरेको वास्तविकता छ । तर तिहारमा प्रयोग हुने फूलका लागि भने पोखरा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण यातायात असहजता, महँगीलगायतका कारण तिहार मनाउन केही असहज भए पनि यस वर्ष तिहारमा प्रयोग हुने लगभग ७० प्रतिशत फूलका लागि पोखरा आत्मनिर्भर रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइरालाका अनुसार विगतमा लाखौँ रुपैयाँको फूल भारतबाट भित्र्ने गरेकामा पछिल्ला वर्षमा फूलखेतीतर्फ देखिएको व्यवसायीको उत्साहका कारण यस पटक विगतको फूलमा भएको परनिर्भरता लगभग अन्त्य हुने अवस्थामा पुगेको छ ।

“पछिल्लो समय कास्की र आसपासका जिल्लामा फूलखेती गर्ने व्यवसायी निकै बढेका छन्,” कोइरालाले भन्नुभयो, “कृषि विकास कार्यालयले स्थानीय किसानलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्नेतर्फ पनि पहल गरिरहेको छ, विभिन्न ठाउँमा उन्नत जातको बीउ वितरण गरिएको छ ।”

यसअघि २०७१ सालमा पोखरामा रु ३५ लाखको फूल भारतीय बजारबाट खरिद भएकामा र गत वर्ष रु पाँच लाखको मात्र फूल खरिद भएको कृषि विकास कार्यालयले जनाएको छ ।

“जिल्लाका धेरै ठाउँमा फूलको व्यावसायिक खेती सुरु भएको भएको छ, बाहिरको फुल ल्याउनुपर्ने अवस्था छैन,” कोइरालाले भन्नुभयो, “अघिल्लो वर्षको भन्दा ढिलो गरी तिहार सुरु भएकाले केही किसानले लगाएका फूल पहिले नै फुलिसकेका कारण भने केही समस्या देखिएको छ ।”

उहाँले फूल केही दिन चाँडो नै फूले पनि त्यसलाई केही दिनसम्म ‘कोल्ड स्टोर’ वा ‘फ्रिज’मा सुरक्षित राख्न सकिने बताउनुभयो । जिल्लाको कालिका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवालगायत क्षेत्रमा धेरै कृषकले व्यावसायिकरुपमा फूल खेती गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएसन कास्कीका संस्थापक वसन्त बानियाँले कास्की र यस आसपासका जिल्लाबाट आउने फूलले यो वर्ष यहाँको कुल मागको ७० प्रतिशतभन्दा बढी पुग्ने बताउनुभयो । यस वर्ष सामान्य रुपमा केही फूल खरिद भए पनि अधिकांश फूल स्थानीय उपादनले नै पूरा हुने उहाँको भनाइ छ ।

अहिले नर्सरीमाभन्दा पनि तिहार लक्षित गरी सयपत्री फूलको खेती गर्ने किसान बढेको बताउँदै बानियाँले यसपालि नाकाबन्दी नभएको भए पनि पोखराको बजारमा धेरै भारतीय फूल खरिद गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

फूल व्यवसायबाट फाइदा भएसँगै २०६३ साल यता फूल व्यवसायी फ्लोरिकल्चर एसोसिएसन कास्कीमा आबद्ध भई यसको व्यावसायिक विकासमा सक्रिय रहेको अर्का व्यवसायी प्रेम खड्काले बताउनुभयो । उहाँका अनुसार फूल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा पूmलको कारोबार भने अपेक्षित हुन सकेको छैन ।

कास्कीमा हाल २९ जना व्यवसायी एसोसिएसनमा आबद्ध भई आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । पोखरामा करिब ३०० प्रजातिका पूmलको व्यावसायिक खेती हँुदै आएको छ । खड्का जस्तै अर्का व्यवसायी वसन्त भण्डारी जिल्लामा पछिल्लो वर्षमा व्यावसायिक फूलखेती गर्नेतर्फ निकै आकर्षण बढेको धारणा राख्नुहुन्छ ।

व्यावसायिकतातर्फ देखिएको आकर्षणलाई अझ प्रोत्साहित गर्न सरकारी तवरबाट समय सापेक्ष पुष्प व्यवसायीलाई तालिम दिनुपर्नेमा उहाँको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी