प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन स्थगित

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन स्थगित

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २४ कार्तिक । 

भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन आज नहुने भएको छ ।

आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा प्रधानमन्त्री ओलीले आज सम्बोधन मार्फत जानकारी गराउने कार्यक्रम थियो ।

समय अभाव र तयारी अपुग भएका कारण प्रधानमन्त्रीको सम्बोधन अब तिहारपछि मात्र हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनितिक परिस्थिति, वर्तमान संकटको समाधान र भूकम्प पीडित जनताको पक्षमा विशेष घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

जनताले संकटको बेला राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संयम र धैर्यलाई सरकारले उच्च सम्मान गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी