‘ हिसिला यमिले नया शक्तिका लागि भारतीय राजदुतसग सहयोग मागिन् ? ’

‘ हिसिला यमिले नया शक्तिका लागि भारतीय राजदुतसग सहयोग मागिन् ? ’

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौं कार्तिक २३ ।

एकीकृत माओवादी छाडेका डा. बाबुराम भट्टराईको योजना अनुसार बन्न लागेको नया शक्ति ९ न‘या पार्टी ० निर्माणको तयारी भईरहदा अहिले उनकी पत्नी एवं पूर्व माओवादी नेतृ हिसिला यमिले भारतीय राजदुतलाई भेटेर आफूहरुको न‘या बन्ने पार्टी गठन, संगठन विस्तार जस्ता कार्यका लागि सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
यमिले पार्टी गठनका बारेमा बिस्तृ रुपमा होटल सांग्रिलामा अघिल्लो साता भएको डेढ घण्टा लामो भेटमा राजदुत रायलाई अवगत गराउदै सहयोग माग गरेको सुत्रको दावी छ ।
प्रचण्ड, वैद्य र विप्लव तिरबाट पनि कार्यकर्ताहरु ल्याउन सक्ने ब्रिफिङ समेत यमिले गरेको बताईन्छ ।

यमिले आफू देवेन्द्र पौडेल पछिको सिनियर पोष्टमा बसेर काम गर्ने पनि अवगत गराएको बताईन्छ । राजदुतले धेरै कुरा आफूले दिल्लीमा ब्रिफिङ गर्ने आस्वासन दिएको पनि बताईएको छ ।
अहिले पार्टी गठन गर्ने सन्दर्भमा बाबुराम भट्टराई आफैले जिल्ला तहका नेता सम्मलाई फोन गर्ने भेट्न बोलाउने, पार्टी तपाईहरुले हो हॉक्ने पैसाको चिन्ता लिनु पर्दैन म सबै बाहिरबाट व्यवस्थापन गर्छु भन्दै न‘या शक्ति गठनमा लाग्न आग्रह गरीरहेको उनलार्ई समर्थन गर्दै आएका एक कार्यकर्ताले जानकारी दिएका छन् ।
यसै सन्दर्भमा भारतीय राजदुतलाई भेटेर सहयोग माग्नु, व्रिफिङ गर्नुले बाबुरामकै योजनामा यो काम भएकाले यो नैतिकताहिन कार्य भएको भन्दै कार्यकर्ताहरुले गुनासो गरेका छन् ।
यसले गर्दा केही दिन अघि पेरिसडाडामा असन्तुष्टी जनाएर बाबुराम तिर लागेका केही केन्द्रीय सदस्य सहितका कार्यकर्ताहरु पार्टीमा फर्कने मनस्थितिमा पुगेको बुझिएको छ ।

भट्टराईले देवेन्द्र पौडेलको नेतृत्वमा पार्टी बने पनि आफ्नो योजना अनुसारै जाने भएकाले केन्द्रीय सदस्य , विभागीय प्रमुख आवस्यकता अनुसार लिएर सहयोग गर्न आग्रह गरेको ती कार्यकर्ताले सुनाए ।
बाबुराम भट्टराईले पैसा , परिवार व्यवस्थापन केहीको पनि चिन्ता गर्नु पर्दैन , खाली पार्टी बनाउन मात्र लाग्नुस् भन्दै कन्भिन्स गर्न खोज्नु र उनकै धर्मपत्नीले नेपाललाई नाकाबन्दी गर्ने भारतका राजदुतसग‘ भलाकुसरी गर्नुले नया शक्तिको नैतिकतामाथि प्रश्न उठ्ने भन्दै बाबुरामलाई साथ दिन नसक्ने स्थितिमा पुगेको बताए ।
यसले न‘या शक्ति भारतको गुलाम र दलालहरुको जमात जस्तो हुने भन्दै अब बाबुरामको पछि लाग्नु भन्दा माओवादीको साधारण सदस्य भएर बस्नु उपयुक्त हुने निर्णयमा आफू पुगेको बताए ।
टोप बहादुर रायमाझी , खगराज भट्ट सहित धेरै नेता कार्यकर्ताहरुले भने बाबुरामलाई साथ नदिने घोषणा गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी