भोली देखि तेलका लागि लाइनमा नबस्न निगमको आग्रह

भोली देखि तेलका लागि लाइनमा नबस्न निगमको आग्रह

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, २३ कार्तिक ।

नेपाल आएल निगमले भोली दखि पेट्रोलका लागि लाइनमा नबस्न आग्रह गरेको छ ।

निगमका कार्यकारि निर्देशक गोपाल खड्काले आज पत्रकार सम्मेलन मार्फत तेलको स्टक अभाव भएकाले निजि सवारि साधनलाई तेल दिन नसकिने बताउनुभयो ।

भारतीय नाकाहरुबाट अत्यन्त कम तेल आएका कारण तेल तथा ग्याँस वितरण गर्न नसकिने निर्देशक खड्काले बताउनुभयो ।

चीनबाट तेल ल्याउनका लागि प्रक्रिया चलिरहेको भन्दै कम्तिमा ३३ प्रतिशत इन्धन चीनबाट ल्याइने उहाँको भनाई छ ।

पेट्रोलीयम पदार्थ ल्याउनका लागि राजनीतिक तहमै पहल हुनुपर्नेमा पनि उहाँको जोड छ ।

अत्यवश्यकिय सेवा क्षेत्र, सुरक्षा निकाय तथा अस्पताल लगाएतलाई भने केहि दिन पेट्रोल उपलब्ध गराउन सकिने आयल निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी