थारुवान संघर्ष समितिद्धारा अनिश्चितकालिन आम हडताल घोषणा

थारुवान संघर्ष समितिद्धारा अनिश्चितकालिन आम हडताल घोषणा

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २३ कार्तिक ।

चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको थरूहटरथारूवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्वमेचीदेखि महाकालीसम्म राजमार्ग ठप्प पारेर अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताउनु भयो ।

उहाले आफूहरुको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने भन्दै अधिकार स्थापित गरेर मात्रै आन्दोलन समापन हुने ठोकुवा गर्नुभयो ।

राज्यले आफूको जायज माग नसुने मुद्दा मिल्ने पक्षहरुसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने पनि उहाको चेतावनीे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी