हलेसीमा सुविधायुक्त होटलहरु खुल्ने क्रम बढ्दो

हलेसीमा सुविधायुक्त होटलहरु खुल्ने क्रम बढ्दो

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

खोटाङ, २३ कात्तिक ।

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधायुक्त होटलहरु खुल्ने क्रम दिनानुदिन बढ्दै गएको छ ।

हलेसीमा केही वर्षयता धमाधम करोडौँको लगानीमा आधुनिक किसिमको सुविधायुक्त नयाँ होटल खुल्ने क्रम दिनानुदिन बढ्दै गएको हो ।

हलेसी आएका पर्यटक तथा दर्शनार्थीलाई लक्षित गरेर सुविधायुक्त नयाँ होटल थपिने क्रम बाक्लिएको उद्योग वाणिज्य सङ्घ हलेसीका सचिव प्रकाशचन्द्र गिरीले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्डमा पर्ने हलेसीको दर्शनमा आउने दर्शनार्थी एवम् पर्यटकका लागि खाना र बासको उचित प्रबन्ध मिलाउन सुविधायुक्त नयाँ होटल थपिने क्रम बाक्लिएको हो ।

सडकको पहुँच विस्तार भएसँगै हलेसी आउने पर्यटक तथा दर्शनार्थी बढेकाले होटल थपिने क्रम बढेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

वर्ष दिनको अवधिमा ‘अरुभन्दा फरक र सुविधायुक्त’ होटल थपिने क्रमले तीव्रता पाएको अध्यक्ष राईको भनाइ छ ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ जायाजुङस्थल बनेकाले हलेसीमा होटल व्यवसाय फस्टाएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो ।

हलेसी आफैँमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले पर्यटक लोभिन्छन् ।” उहाँले भन्नुभयो – “त्यसैमाथि चार धर्मावलम्बीको आस्थाको केन्द्र बनेकाले पछिल्लो समय हलेसीमा होटल व्यवसाय फस्टाउँदै गएको हो ।”

हलेसीमा साना तथा ठूला गरी १५० को हाराहारीमा होटल सञ्चालनमा छन् । रोयल, शिवकिरात, दुदेलो, अनिता, कल्याण, पद्मा, शिवदर्शन, प्रशान्त, पञ्चकन्या, बस्नेतलगायतका होटल हलेसीका व्यवस्थित होटल हुन् ।
दैनिक हजारौँ पर्यटक तथा दर्शनार्थी आउने हलेसीका होटलले बढीमा ५०० जना ग्राहकलाई बास र गाँसको सेवा दिन सक्ने स्थिति छ ।

हलेसीमा आएजति पर्यटक र दर्शनार्थीलाई चाहेजति बस्ने बासको व्यवस्था हुन नसक्दा ‘अरुभन्दा’ व्यवस्थित होटल खुल्ने क्रम बढेको हो ।

हलेसीमा काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, धरान, झापालगायत छिमेकी देश भारतको सिक्किम, दार्जि्लिङबाट तीर्थयात्री र पर्यटक आउने गरेका छन् ।

चीन, तिब्बत, भुटान, फ्रान्सलगायतका कतिपय पर्यटक भने सिधै हेलिकप्टरमार्फत हलेसी आउने जाने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी